विजेता क्रिकेट खेलाडीलाई ३ लाखका दरले पुरस्कृत गरिने

विजेता क्रिकेट खेलाडीलाई ३ लाखका दरले पुरस्कृत गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो कीर्तिपुरमा सम्पन्न अन्तर्राष्ट्रिय म्याच जितेका क्रिकेट खेलाडीहरुलाई प्रति व्यक्ति ३ लाख रुपैयाँ पुरस्कार दिइने घोषणा गर्नुभएको छ । उहाँले खेलाडीहरुलाई आज बिहान बालुवाटारमा बोलाएर उक्त निर्णय सुनाउनुभएको हो ।

खेलाडीहरुलाई बधाई दिँदै प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा भन्नुभयो, ‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा ३ लाख रुपैयाँ दिने निर्णय गरेको छु ।’

विश्वकप क्रिकेट लिग २ मा हिजो युएईलाई पराजित गरेपछि नेपाली टोली विश्वकप छनोट चरणमा प्रवेश गरेको छ । प्रधानमन्त्री प्रचण्ड हिजो बिहान खेल हेर्न त्रिवि खेल मैदान पुग्दा उहाँविरुद्ध चर्को नाराबाजी भएको थियो ।

टिप्पणीहरू