अमेरिकामा पिल्स खाएर गर्भ तुहाउन नपाइने

अमेरिकामा पिल्स खाएर गर्भ तुहाउन नपाइने

अमेरिकाको एउटा राज्यले गर्भ तुहाउने नाममा पिल्स सेवन गर्न नपाइने भन्दै प्रतिबन्ध लगाएको छ । जथाभावी यौन सम्पर्क गर्ने र गर्भ तुहाउने क्रम बढेपछि उक्त निर्णय गरिएको हो । 
अमेरिकाको वायोमिङ राज्यले उक्त निर्णय हिजोदेखि लागु गरेको छ । 

गभर्नर मार्क गोर्डोनले सम्बन्धित विधेयकमा हिजो हस्ताक्षर गरेपछि अबदेखि वायोमिङ राज्यमा पिल्स खाएर गर्भ तुहाउन नपाइने भएको छ । त्यसैगरी पिल्स खान सिफारिस गर्ने चिकित्सकसमेत कारबाहीमा पर्ने प्राप्त समाचारमा उल्लेख छ ।

रिपब्लिकनहरुको बाहुल्य रहेको त्यहाँको राज्य संसदले पारित गरेको विधेयकमा हस्ताक्षर गर्दै गभर्नर गोर्डोनले यस्तो प्रतिबन्ध अमेरिकाका अन्य राज्यले पनि लगाउनुपर्ने सुझाव दिएका छन् ।
दुई पृष्ठको उक्त विधेयकमा भनिएको छ, ‘पिल्सको सिफारिस, सेवन र वितरण अवैध हुनेछ । साथै जुनसुकै तवरले गरिने गर्भपतन पनि राज्यमा अवैध ठहरिनेछ ।’
 

टिप्पणीहरू