सोल्टी होटलमा देखा परेकी राजदूत शर्मिला स्पेन फिर्ता

सोल्टी होटलमा देखा परेकी राजदूत शर्मिला स्पेन फिर्ता

स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली म्याड्रिड फर्केकी छन् । उनी कतारको राजधानी दोहा हुँदै हिजो बेलुका त्यसतर्फ गएकी हुन् ।

राजदूत पराजुली कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा साँझ पौने ७ बजे काठमाडौंबाट दोहा प्रस्थान गरेको र सोही उडानमा खानेपानीमन्त्री अब्दुल खान दोहा हुँदै अमेरिका गएको बुझिएको छ ।

पराजुली काठमाडौंमा आयोजित एउटा कार्यक्रममा भाग लिन आएकी थिइन् । गतसाता होटल सोल्टीमा भएको पर्यटन मापनसम्बन्धी तीन दिने कार्यशालामा सहभागी हुन ढकाल फागुन मसान्तमा स्वदेश आएकी थिइन् ।

नेपाल पर्यटन बोर्ड र राष्ट्रसंघीय विश्व पर्यटन संगठनद्वारा आयोजित कार्यक्रमको उध्देश्य एशिया र प्रशान्त क्षेत्रमा स्तरीय पर्यटनका लागि स्तरीय तथ्यांक भन्ने थियो । तर शर्मिला राजदूत रहेको स्पेन न एसियामा पर्छ न प्रशान्त क्षेत्रमा । अर्कोतर्फ स्वदेशमा भएको कार्यक्रममा विदेशमा रहेका राजदूतको आगमन र आतिथ्यको आवश्यकता बिरलै पर्ने गर्छ ।

टिप्पणीहरू