छिमेक लघुवित्तमा बहुमतको ताला

छिमेक लघुवित्तमा बहुमतको ताला

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयमा तालाबन्दी गरिएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ मा रहेको संस्थाको कार्यालयमा ताल्चा लगाइएको हो ।

नेकपा (बहुमत) ले आज संस्थामा ताला लगाएको जनाएको छ । उपभोक्ताबाट चर्को ब्याज असुली गरेको गुनासो व्यापक आएपछि संस्थामा तालाबन्दी गर्नुपरेको पार्टीको भनाइ छ । 

त्यस्तै, एकल महिलालाई ऋण प्रवाह गर्दा भेदभाव र सास्ती दिएको आरोपसमेत लगाइएको छ । किस्ता असुलीको क्रममा ऋणीलाई दुर्व्यहार गरेको, विभिन्न प्रलोभन देखाएर बचतकर्ता तथा ऋणीलाई ठगेको र दुःख दिने गरेको बहुमतले जनाएको छ । 

बचतकर्ताहरुको पासबुकसमेत संस्थामा राखेकाले बचतको आयव्यय पारदर्शी नभएको उसको ठहर छ । सेवाशुल्क, बीमालगायत शीर्षकमा अनावश्यक रकम लिने गरेको जनगुनासो धेरै आएको बताइएको छ । 

त्यस्तै, बहुमतले ब्याजदर ५ प्रतिशतमा नझारेसम्म ताल्चा नखोल्ने अडान लिएको छ । गत सातादेखि बहुमतले बैंक तथा वित्तीय संस्थामा तालाबन्दी अभियान शुरु गरेको हो ।

यो पनि...

1. कोशीविरोधीको आक्रमणबाट बालबाल जाेगिए माओवादी नेता

2. यसकारण ललितपुरमा एक्लो घोडा दौडाइयो

3. रवि लामिछानेलाई उन्मुक्ति दिएकोमा मोहनविक्रम रिसले आगो

टिप्पणीहरू