पुरुष यात्रुलाई महिला उल्लेख गर्ने नेपाल वायुसेवाका कर्मचारीहरु निलम्बित

पुरुष यात्रुलाई महिला उल्लेख गर्ने नेपाल वायुसेवाका कर्मचारीहरु निलम्बित

विमान उडाउनुअघि निर्वाह गर्नुपर्ने दायित्व पूरा नगरेका नेपाल वायुसेवा निगमका केही कर्मचारी निलम्बनमा परेका छन् । नागरिक उड्डयन प्राधिकरणले यात्रु र उडानको सुरक्षामा खेलबाड गरेको भन्दै ती कर्मचारीलाई निलम्बन गरेको बताइको छ । 

हिजो ताप्लेजुङबाट काठमाडौंमा भएको उडानको क्रममा विमान र सामानको तौलमा लापरवाही गरेकोमा निगमको चालक दलका सदस्य, फ्लाइट डिस्प्याचर र ताप्लेजुङका ग्राउण्ड कर्मचारीलाई निलम्बन गरिएको हो । उनीहरुले विमानमा तोकिएको भन्दा ४८ केजी बढी तौल राखेका थिए । 

त्यसैगरी एक जना पुरुष यात्रुलाई महिला उल्लेख गरिएको पनि पाइएको छ । उक्त कार्यमा संलग्न सबै कर्मचारीलाई अर्को सूचना जारी नभएसम्म निलम्बन गरिएको हो ।

ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन–एबीटी विमानमा लोड सिटमा भन्दा बढी तौल पाइएको थियो । सोही कारण चालक दलका तीन जना, निगमका मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरिएको निगमका प्रवक्ता जगन्नाथ निरौलाले पुष्टि गरेका छन् ।

टिप्पणीहरू