ज्यान नगुमेका शहीद
सरकारले अस्ति जनयुद्धमा ज्यान गुमाएका शहीदहरूको सूची सार्वजनिक ग¥यो । साथै यो पनि घोषणा ग¥यो कि ज्यान गुमाएका सबै शहीदलाई सरकारले सुविधा पनि दिनेछ । त्यही बेला एक जना ‘योद्धा’ को वक्तव्य आयो, म त जिउँदै छु तर मेरो नाम पनि शहीदको सूचीमा आयो भनेर ।
साायद उहाँ ज्यान नगुमाएको शहीद हुनुपर्छ । उहाँको नाम पनि सार्वजनिक भएपछि सरकारले तुरुन्तै भूलसुधार ग¥यो– उहाँको नाम गल्तीवश पर्न गएको हो, हामी सुधार्छौँ । सुधार्छौँ भन्नुको मतलब शहीदको सूचीबाट नाम निकाल्ने भनेको होला ।
अब नाम निकालियो भने उहाँ ‘ज्यान नगुमाएका शहीद’ ज्यूलाई त समस्या पो पर्ने देख्छु । किनभने अहिले सरकारले सुविधा दिने भनेको ‘ज्यान गुमाएका शहीद’ लाई मात्रै हो । ‘ज्यान नगुमाएका शहीद’ लाई सुविधा दिने कुनै योजना सरकारसँग छैन । सुविधा लिने हो भने कि ज्यान गुमाउनुप¥यो । जब ज्यानै गुमेको छैन भने सुविधा कसरी दिने ?
टिप्पणीहरू