मन्त्री छान्न कांग्रेस नेताहरु सानेपामा सामेल

मन्त्री छान्न कांग्रेस नेताहरु सानेपामा सामेल

सत्ता गठबन्धनमा भागबण्डा मिलेपछि आफ्नो भागको मन्त्रालयमा पठाउने नामबारे निर्णय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी बैठकले पार्टीबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने जनाइएको छ । 

हिजो साँझ बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफलले कांग्रेसलाई आठ वटा मन्त्रालय दिने सहमति जनाएको थियो । सोहीअनुसार निर्णय गर्न आज कार्यसम्पादन बैठक बोलाइएको हो । काँग्रेसले मन्त्रीको नाम प्रधानमन्त्रीलाई आजै दुई बजे सिफारिस गर्ने बताइएको छ । 

बैठकमा आगामी १० वैशाखमा हुने उपनिर्वाचनसहित समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जानकारी दिइएको छ ।

टिप्पणीहरू