इद पर्वमा इस्लाम संस्कृतिको मोबाइल रिंगटोन राख्न आग्रह

इद पर्वमा इस्लाम संस्कृतिको मोबाइल रिंगटोन राख्न आग्रह

इस्लाम धर्मावलम्वीहरुको इद पर्वका अवसरमा एनसेल तथा नेपाल टेलिकम नेटवर्कमा इस्लाम संस्कृतिको रिङ्गटोन राख्न आग्रह गर्दै मुस्लिम आयोगमा निवेदन हालिएको छ । मधेश प्रदेशका मोहम्मद अमीन अलीले सो अवसरमा एनसेल तथा नेपाल टेलिकम नेटवर्कमा इस्लाम संस्कृतिको रिङ्गटोन राख्न माग गरेका हुन् । 

आगामी बैशाख १० र ११ गते इस्लामी धर्मावलम्बीहरुको इद पर्वको अवसरमा टेलिकम नेटवर्कमा इस्लाम संस्कृतिको कलब्याक ट्युन राख्नुपर्ने उनको भनाइ छ ।उनले निवेदनमा लेखेका छन्, ‘इस्लाम धर्मावलम्वीहरुको पवित्र एक महिने रमजानको व्रत चलिरहेको र वैशाख १०–११ गते ठूलो महान चाड पर्व इद रहेको हुँदा एनसेल तथा नेपाल टेलिकम नेटवर्कमा इस्लाम संस्कृति अनुसारको कल ब्याक ट्युन (सिआरबिटी) राखिदिनुहुनका लागि आग्रह गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।’

टिप्पणीहरू