विश्व पुस्तक दिवसमा चीनको प्राचीन पुस्तकालयको चर्चा

हिजो विश्व पुस्तक दिवस हो । चीनका प्राचिन पुस्तकालयमा विविध कार्यक्रमका साथ विश्व पुस्तक दिवस मनाइएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार निङ्बो सहरमा रहेको थिएन्यी पाभिलियन हालसम्मकै प्राचीन पुस्तकालय हो । चीनमा अस्तित्वमा रहेकामध्ये उक्त पुस्तक सबैभन्दा प्रख्यात छ । इटालीको फ्लोरेन्स सहरमा रहेको लोरेन्जो मेडिसी पुस्तकालय पनि एकै समयका हुन् । यी दुबै चीनको सिल्क रोड समयका पुस्तकालय भएको बताइन्छ ।

यी ऐतिहासिक पुस्तकालयले दुई मुलुकबीचको प्रगाढ मैत्री सम्बन्धलाई थप कसिलो बनाएको विश्वास छ । चीनको उक्त पुस्तकालयमा पुगेकी इटालीकी शिक्षिका नौसिका गियाभाराले थिएन्यी पाभिलियनको मुक्तकण्ठले प्रशंसा गरेकी छन् । 

भिडियो : सिन्ह्वा 

टिप्पणीहरू