एसिया कपमा छानिएका क्रिकेटरलाई नगद पुरस्कार दिने सरकारको निर्णय, टियु मैदानको स्तरोन्नती गर्ने
एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय टोलीका सदस्यलाई नगद पुरस्कार दिने भएको छ ।
आज बसेको क्याविनेट बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
त्यस्तै, कीर्तिपुरस्थित टियु मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन बजेटमा प्राथमिकता दिने पनि क्याविनेटको निर्णय छ ।
टीयू क्रिकेट मैदानमा हिजो सम्पन्न फाइनल खेलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान पक्का गरेको हो ।
टिप्पणीहरू