कुरा फेर्न साह्रै सिपालु कमरेडहरु
भियतनामका हो चि मिन्हले आफूलाई 'काका' भनेर चिनाए झैं एमाले पंक्तिभित्र 'बा’ भनिन रुचाउनुहुने एमाले अध्यक्ष केपी शर्मा ओली वाक कलामा पोख्त हुनुहुन्छ । कुरा मिलाउन र बटार्न पनि त्यत्तिकै सिपालु उहाँ राजनीतिभन्दा बाहिरका विषयमा पनि जानकार राख्ने नेताका रुपमा चिनिनुहुन्छ ।
लाग्छ,उहाँले नजानेको काम र नबुझेको कुरा केही छैन । त्यही भएर होला सडकमा ‘आइ लभ यु केपी बा’ भनेर नारा लगाउनेहरुले उहाँलाई ‘राजनेता’ पनि भन्ने गरेका छन् । यस्ता बहुप्रतिभाशाली राजनेता 'बा' ले आजदेखि शुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा अहिले सर्वाधिक चासो र चर्चामा रहेको नक्कली भूटानी शरणार्थी प्रकरणदेखि उपचुनावमा नयाँ पार्टीको उदय,मिसन ग्रासरुट लगायतका विषयमा लामै प्रवचन दिनुभयो ।
"पुर्जी जारी भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपप्रधानमन्त्री भैसकेको व्यक्ति भागेर कतै नजाने भएकाले बाटोबाट समात्न नमिल्ने तर्क गर्दै रायमाझीको बचाउमा बोल्नुभएका उहाँले आज च्यासलको भाषणमा भने कुरा फेर्दै आत्मसमर्पण गर्न सल्लाह दिनुभयो । "
त्यसक्रममा उहाँले हिजोदेखि निलम्बनमा परेका पार्टी सचिव टोपबहादुर रायमाझीको विषयमा बोल्न छुटाउनु भएन । आफ्ना कुरा माथि पार्न कुरा बटार्ने पुरानो शैली अपनाउनुभएका उहाँले रायमाझीलाई आत्मसमर्पण गर्न पनि भन्नुभयो । जबकि अघिल्लो बुधबार रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा कडा आपत्ति जनाउनुभएको थियो ।
पुर्जी जारी भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपप्रधानमन्त्री भैसकेको व्यक्ति भागेर कतै नजाने भएकाले बाटोबाट समात्न नमिल्ने तर्क गर्दै रायमाझीको बचाउमा बोल्नुभएका उहाँले आज च्यासलको भाषणमा भने कुरा फेर्दै आत्मसमर्पण गर्न सल्लाह दिनुभयो ।
आरोप लाग्दैमा समात्न नहुने आशयको अभिव्यक्ति दिएको एक सातापछि हिजो निलम्बनको कारवाही गरेर आज रायमाझीलाईअनुसन्धानमा सघाउनुपर्ने भन्दै ओलीले एक साताको अल्टिमेटमसहित आत्मसमर्पण गर्न निर्देशन दिनुभएको हो ।
रमाइलो कुरा चैं, 'बा' ले माथि मन्चबाट भाषण गरिरहँदा तल रहेका केन्द्रीय सदस्यहरुमा विगतको जस्तो उत्साह देखिएन । बरु थुप्रै सहभागीहरु निदाइरहेका थिए ।
टिप्पणीहरू