शरणार्थी प्रकरणपछि प्रधानमन्त्रीसँग भेट्नेको लर्को बढ्यो

शरणार्थी प्रकरणपछि प्रधानमन्त्रीसँग भेट्नेको लर्को बढ्यो

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राजनीतिक दलका नेताहरुको भेटघाट बाक्लिएको छ । नक्कली शरणार्थी प्रकरणमा काँग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ र एमाले सचिव टोपबहादुर रायमाझीविरुध्द पक्राउ पुर्जी जारी भएपछि नेताहरुको दौडधुप बढेको हो  ।

अघिल्लो सातादेखि एमाले अध्यक्ष र काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहालसँग पटक पटक भेट गरिसक्नुभएको छ । सोही क्रममा केही काँग्रेसी नेताले कारबाहीलाई निर्ममतापूर्वक अगाडि बढाउन गृहमन्त्रीसँग भेटेर माग गरेका छन् ।

हिजो बेलुकी काँग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीसँग बालुवाटारमा भेट गरेका छन् । साँझ पौने ७ बजेको समयमा भएको छलफल झण्डै डेढ घण्टा चलेको थियो ।
 

टिप्पणीहरू