असल सम्बन्धको प्रतिक भन्दै रोपियो अनारको बोट

चीनको उत्तर पश्चिम भेगको सबैभन्दा ठूलो शहर सिआनमा मध्य एसियाली राष्ट्रका सरकार प्रमुखहरुको सम्मेलन भएको छ । चीनका राष्ट्रपति सि जिनपिङलगायत सम्मेलनमा सहभागी छ वटा मुलुकका विशिष्ट पाहुनाले सम्मेलन समापन गर्नुअघि अनारको विरुवा रोपेको बताइएको छ । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मध्य एसियाली पाँच राष्ट्रका राष्ट्रपति सम्मेलनमा सहभागी भएका हुन् । बिहीबारदेखि शुरु भएको सम्मेलन शुक्रबार अबेर सकिएको हो । उनीहरुले चीन र मध्य एसियाली राष्ट्रहरुबीचको एकता र कायम रहेको सहयोगको प्रतिकको रुपमा अनारको विरुवा रोपेको समाचारमा उल्लेख छ । 

चीनको आयोजनामा भएको उक्त सम्मेलनको भोलिपल्ट जापानको हिरोशिमामा विश्वका धनी राष्ट्रहरुको संगठन जी ७ को बैठक प्रारम्भ भएको छ । उक्त बैठकमा अमेरिकासहित आठ राष्ट्रको प्रमुख सहभागिता छ । अन्य आठ मुलुकलाई पनि आमन्त्रण गरिएको बताइएको छ । 

भिडियो : सिन्ह्वा ।

टिप्पणीहरू