प्रधानमन्त्रीले आजै सुनको जलहरीबारे प्रष्ट पार्ने

प्रधानमन्त्रीले आजै सुनको जलहरीबारे प्रष्ट पार्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सुनको जलहरीबारे प्रष्ट पार्ने हुनुभएको छ । प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान सिंहदरबारमा भएको छलफलमा पशुपतिको शिवलिंग वरपर राखिएको सुनको जलहरीका सम्बन्धमा उठेका विषयमा सरकारका तर्फबाट सदनलाई प्रष्ट पार्ने सहमति भएको बताइएको छ ।

त्यसबारे माओवादी सांसद लेखनाथ दाहालले राखेको गत बुधबारको धारणालाई संसद्को ‘रेकर्ड’ बाट हटाउने समेत सहमति भएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उक्त सहमति भएको हो । 

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्र, काँग्रेस र एमालेका प्रमुख सचेतकहरु पनि छलफल सहभागी भएको बताइएको छ ।

टिप्पणीहरू