आधा दर्जन ब्रोकर कार्यालयमा तालाबन्दी,खोल्ने प्रयास नगर्न चेतावनी

आधा दर्जन ब्रोकर कार्यालयमा तालाबन्दी,खोल्ने प्रयास नगर्न चेतावनी

सरकारको पछिल्लो कर नीतिविरुध्द आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरुले राजधानीका आधा दर्जन ब्रोकर कार्यालयमा ताला लगाएका छन् । 

उनीहरुले आज बिहान ९ बजे डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४४), क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५०), प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा ताला लगाएका हुन् । त्यसैगरी दिव्य सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५९), कालिका सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४६) र स्वेता सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २५) मा पनि तालाबन्दी गरिएको जानकारी दिएका छन् ।

बिहीबारदेखि थालिएको आन्दोलनलाई अझ सशक्त बनाउन लगानीकर्ताहरुको टोली आज बिहानैदेखि ब्रोकर कार्यालयमा तालाबन्दी गर्न खटिएको छ । उनीहरुले ताला खोल्ने प्रयास गरिएमा नराम्रो हुने चेतावनी दिएको ब्रोकर कार्यालयका कर्मचारीहरुले बताएका छन् ।

टिप्पणीहरू