गौर हत्याकाण्डविरुद्ध मुद्दा दायर, भोलि पेशी तोकियो

गौर हत्याकाण्डविरुद्ध मुद्दा दायर, भोलि पेशी तोकियो

गौर हत्याकाण्डविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आज दर्ता भएको रिटको पेसी भोलिलाई तोकिएको छ । 

त्रिभुवन साहसमेतले रिट दर्ता गरेका हुन् । २०६३ साल चैत ७ गते तत्कालिन नेकपा माओवादीका २८ जना कार्यकर्ताको रौहत्को गौरमा अमानवीय तवरले हत्या गरिएको थियो । 

गौरस्थित राईसमिलको चौरमा मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीले कार्यक्रम राखेपछि भएको झडपमा २७ जनाको घटनास्थल र एकजनाको उपचारका क्रममा निधन भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।

 

यस घटनामा पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको समेत संलग्नता रहेको पीडित पक्षको आरोप रहँदै आएको छ ।  यादव त्यतिबेला फोरमको अध्यक्ष थिए ।

टिप्पणीहरू