प्रतिनिधिसभामा फेरि लफडा

प्रतिनिधिसभामा फेरि लफडा

प्रतिनिधिसभाको बैठकमा फेरि होहल्ला शुरु भएको छ ।

भारत भ्रमण तथा नागरिकता विधेयकसहितका विषयमा सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थाल्दा सांसदहरुले होहल्ला गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले बोलिरहँदा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाएपछि होहल्ला मच्चिएको हो । सत्तापक्ष र प्रतिपक्षी सांसदहरु एकअर्काविरुद्ध होहल्ला गरिरहेका छन् । 

सांसदहरुले प्रतिनिधिसभा नियमावलीको कुन नियमअनुसार आफूले नियमापत्ति जनाएको हो खुलाउन सकेका छैनन् । तर, उनीहरु होहल्ला भने गरिरहेका छन् । 
 
यसअघि एक सांसदले प्रधानमन्त्री प्रचण्ड भारतबाट 'भैंसी चढेर स्वदेश फर्किएको' भनेपछि हंगामा भएको थियो ।

टिप्पणीहरू