खप्तडबाट फर्केपछि प्रधानमन्त्री पाँचतारे होटल पुग्ने

खप्तडबाट फर्केपछि प्रधानमन्त्री पाँचतारे होटल पुग्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहान खप्तड पुग्नुभएको छ । उहाँले खप्तडमा आयोजना गरिएको तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्नुभएको छ ।

आज बिहान बालुवाटारबाट सेनाको हेलिकोप्टरमा त्यसतर्फ जानुभएका प्रधानमन्त्री साँझ दरबारमार्गस्थित होटल याक एण्ड यति पुग्ने कार्यक्रम छ । पाटा च्याप्टर नेपालले आयोजना गर्न लागेको चौथो हिमालय ट्राभल मार्टको उद्घाटन गर्न उहाँ साढे ५ बजे पुग्नुहुने आयोजक संस्थाले जनाएको छ । यसअघि उक्त कार्यक्रम साँझ ६ बजे राखिएको थियो ।

बिहान हेलिकोप्टरमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउदलगायत पनि जानुभएको थियो ।

कार्यक्रममा पतञ्जली योगपीठका योगागुरु रामदेव र आचार्य बालकृष्ण आचार्यको समेत सहभागिता छ । प्रधानमन्त्री प्रचण्ड आजै अपरान्ह राजधानी फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू