काँग्रेसी वकिलहरुको महाधिवेशन चितवनमा

काँग्रेसी वकिलहरुको महाधिवेशन चितवनमा

नेपाली काँग्रेस निकट कानुन व्यवसायीहरुको महाधिवेशन चितवनमा शुरु भएको छ । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए नेपाल) को ११ औं राष्ट्रिय महाधिवेशन रत्ननगर, टाँडीमा आजदेखि तीन दिनसम्म चल्ने बताइएको छ । 

काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उद्घाटन समारोहको प्रमुख अतिथि हुनुहुन्छ । उहाँ छ सदस्यीय टोलीका साथ आज बिहान काठमाडौंबाट भरतपुर जानुभएको हो ।

एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक रहेको तीन दिने महाधिवेशन होटल स्टार एण्ड रिसोर्टमा सम्पन्न हुने छ ।

टिप्पणीहरू