मनोहराका संरचना हटाउन सात दिने अल्टिमेटम

मनोहराका संरचना हटाउन सात दिने अल्टिमेटम

मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्रका संरचना हटाउन निर्देशन दिएको छ । 

आज सूचना प्रकाशित गर्दै आयोजना क्षेत्रभित्र परेका घर, छाप्रा, टहरा, पर्खाल सात दिनभित्र हटाउन भनिएको हो । अन्यथा, आयोजनाबाटै त्यस्ता संरचना हटाइने र त्यसको खर्च कानूनबमोजिम असुल उपर गर्ने चेतावनी दिइएको छ । 

आयोजना क्षेत्रभित्र स्वीकृत डिपीआरअनुसार सडक खोली स्वीकृत रिप्लोटिंग नक्साबमोजिम विकसित घडेरीहरु आयोजनाले सम्बन्धित जग्गाधनीलाई फिर्ता गर्दै आएको छ । 

यसरी विकसित घडेरी फिर्ता गर्दा स्वीकृत डिपीआरअनुसार सडक र कित्ता जग्गामा पर्ने घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीमा परेका संरचना हटाउन आयोजनाले भनेको हो । 

‘आयोजनाले सम्बन्धित जग्गाधनीलाई विकसित घडेरी फिर्ता गर्दा स्वीकृत डिपीआरअनुसार सडक र कित्ता जग्गामा पर्ने घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीमा परेका घर, छाप्रा, टहरा, पर्खाल सूचना प्रकाशित भएको सात दिनभित्र हटाई आयोजनाको काममा सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘अन्यथा आयोजनाबाटै हटाउँदा, भत्काउँदा लागेको खर्च कानूनबमोजिम असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

टिप्पणीहरू