मेयरले बजेटमा पनपक्ष गरेपछि वडाध्यक्षद्वारा राजीनामा

मेयरले बजेटमा पनपक्ष गरेपछि वडाध्यक्षद्वारा राजीनामा

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । 

आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट वितरणमा चित्त नबुझेपछि उनले राजीनामा दिएको बताएका छन् । मेयर नरुलाल चौधरीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा ‘वडावासीसामु गरेको प्रतिबद्धता पूरा गर्ने अवस्था नरहेकाले यो निर्णयमा पुगेको’ उल्लेख छ ।  

‘स्थानीय निर्वाचनमा नेकपा एमाले पार्टीबाट म जितेन्द्र शाह वडाध्यक्ष पदमा निर्वाचित भई जनताको सेवा गर्दै आइरहेकोमा २०८०÷८१ को नीति तथा कार्यक्रम बाँडफाँटको विषयमा चित्त नबुझेको हुँदा आफूले वडाका जनतालाई गरेको प्रैतिबद्धता पूरा गर्न नसक्ने भएको आत्मग्लानी भएकाले म यो अध्यक्षको पदबाट राजीनामा दिने निर्णय गरेकाले यो राजीनामा पत्र पेश गर्दछु’, राजीनामामा भनिएको छ । 

मेयर चौधरी र वडाध्यक्ष शाह दुवै एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

टिप्पणीहरू