सन्यासलगत्तै बेलायत पुगेका ज्ञानेन्द्रले भने - क्रिकेटका लागि बेलायत धार्मिकस्थल
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले क्रिकेट खेलका लागि बेलायत धार्मिकस्थल जस्तै भएको बताएका छन् ।
गैरआवासीय नेपाली संघ युकेद्धारा अल्डरशटमा आयोजित सम्मान तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वजगतले बेलायतलाई मक्का मदिना र पशुपतिनाथ जस्तै धार्मिक स्थलको रुपमा हेर्ने गरेको बताए ।
अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएर बेलायत आएका मल्लले त्यहाँस्थित नेपाली समुदायको नयाँ पुस्ताले क्रिकेट खेलप्रति देखाएको आकर्षण र लगावले आफूलाई थप हौसाल मिलेको पनि बताएका छन् । अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिए पनि बाँकी जीवन नेपाली किक्रेटको विकासको लागि सर्मपण गर्ने उनले प्रतिबद्धतासमेत जनाए ।
मल्लले बेलायतस्थित लर्ड किक्रेट मैदानमा नेपाली खेलाडीहरुलाई खेल्ने अवसर प्रदान गर्नको लागि आवश्यक पहलकदमी लिन एनआरएनए युकेलाई आग्रहसमेत गरे । उनी गत सोमबार बेलायतको मिडल्यान्डमा बर्सेनि हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिगको प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।
टिप्पणीहरू