तिमी–तिमी जस्तै हुनू
तिमी तिमीजस्तै हुनू
म नि आफूजस्तै हुन्छु
हिँड्दा कहिल्यै नहराउनू
हार्दा कहिल्यै नडराउनू
प्रत्येक हारले जित जन्माउँछ
नभए नि सपना देखाउँछ
हेर त
हो, तिमी तिमीजस्तै हुनू
म नि आफूजस्तै हुन्छु
आदर्शमा बहकिएर
ऊ जस्तै हुन नखोज्नू
तर मर्म, कर्म र धर्म राख्नू
असफलताका मोडहरुमा
सफलताको बिज खोज्नु
जिन्दगी आफ्नै हो
आफैँ भएर बाँच्नू
हो, हाँस्दा सँगै हाँसिदेलान्
साथ सम्झेर ढुक्क नहुनु
आँसु पुछ्दै आँखा खोल्दा
एक्लो पाएर विचलित नहुनू
जिन्दगी अलिकति भाग्य र
धेरै कर्मको संयोग ठान्नू
एउटै बतास र एउटै आकाश भए पनि
श्वास आफ्नो–आफ्नै ठान्नू
ईश्वर एउटै भए पनि
संस्कार आफ्नो–आफ्नै मान्नू
साथी तिमी तिमीजस्तै हुनू
म नि आफूजस्तै हुन्छु
युद्धको मैदानमा उत्रिएपछि
साहस र कर्तव्यलाई जान्नू
कहिले हुरी, कहिले बतास
घाम–पानीको जिन्दगी ठान्नू
र पनि साथी
एक जुनी न हो जिन्दगी
तिमी तिमीजस्तै हुनू
म नि आफूजस्तै हुन्छु
हो साथी
जे गरे नि
तिमी तिमीजस्तै हुनू ।
तिमी–तिमीजस्तै हुनू ।।
टिप्पणीहरू