एसियाड प्रेस सेन्टरमा चिनियाँ पत्रकारले भारतीयसँग भने : यो नेपालबाट ल्याइएको हो

एसियाड प्रेस सेन्टरमा चिनियाँ पत्रकारले भारतीयसँग भने : यो नेपालबाट ल्याइएको हो

चीनको हाङ्चौमा भइरहेको १९ औं एसियाली खेलकुदस्थलमा मेन प्रेस सेन्टरको स्थापना गरिएको छ । एसियाका अधिकांश र युरोपलगायत विश्वका विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरु सोही सेन्टरबाट समाचार, फोटो र भिडियोहरु पठाइरहेका छन् । 

सेन्टरमा व्यस्त दक्षिण र दक्षिण पूर्वी एसियाली राष्ट्रका पत्रकारहरुलाई युन्नान इन्टरनेसनल कम्युनिकेसन सेन्टर फर साउथ एण्ड साउथ इष्ट एसियाका पत्रकार जेरी वाङ सोध्छन् ‘खेलकुद प्रतियोगिता र व्यवस्थापन कस्तो लागेको छ ?’ भारत, श्रीलंका र थाइल्याण्डका पत्रकारहरुको एउटै निचोड छ, ‘व्यवस्थापन निकै राम्रो छ । चिनियाँहरुको व्यवहार मैत्रीपूर्ण छ ।’

भारतीय फोटो पत्रकार राज मतनचेरिलसँगको भेटको प्रारम्भमा जेरीको टिसर्ट र त्यसमा लेखिएको अक्षरबारे ठट्टा गरिएको देखिन्छ । जेरि भन्छन्, ‘यो नेपालको हो ।’ भारतीय पत्रकार भन्छन्, ‘होइन, यो भारतीय हो ।’

टिप्पणीहरू