जहाजबाट मधेस झरेका पूर्वराष्ट्रपति गाडी चढेर सुस्तातिर
पूर्वराष्ट्रपति डा. रामवरण यादव नेपाल-भारत सीमाक्षेत्र सुस्ता पुग्नुभएको छ । आज साँझ हवाई मार्ग हुँदै भैरहवा ओर्लिनुभएका उहाँ सडक बाटोबाट बास बस्न सुस्ता जानुभएको हो ।
यति एअरको उडान नम्बर वाइटी-८७३ मा काठमाडौँबाट प्रस्थान गर्नुभएका पूर्वराष्ट्रपति यादव पौने ६ बजे भैरहवा विमानस्थल अवतरण गर्नुभएको थियो । त्यहाँबाट लु ३ च ७३५३ नम्बरको गाडी लिएर निस्कनुभएका उहाँ ६ बजे सुस्ता गाउँपालिकाको मर्चहवा गण्डक प्रयोजनको गेस्ट हाउस पुग्नुभएको बताइएको छ ।
पूर्वराष्ट्रपति आज त्यहीँ बस्ने र भोलि बिहान ११ बजे प्रतापपुर गाउँपालिका- ७ सूर्यपुरामा बिपी कोइरालाको नवनिर्मित शालिक अनावरण कर्यक्रममा सहभागी हुने जनाइएको छ ।
टिप्पणीहरू