सरकारले सभामुखको अपमान गरेको भन्दै केपी ओलीद्वारा आपत्ति व्यक्त

सरकारले सभामुखको अपमान गरेको भन्दै केपी ओलीद्वारा आपत्ति व्यक्त

नेकपा एमालेका अध्यक्ष तथा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले सभामुखको अपमान गरेको आरोप लगाउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बाेल्दै उहाँले सभामुख देवराज घिमिरेको आयरल्याण्ड भ्रमणको बिषयलाई लिएर यस्तो आरोप लगाउनुभएको  हो । पिएमात्रै लिएर भ्रमणमा जानु भनेर सभामुखको अपमान गरिएको ओलीको दावी छ । 

‘सभामुखलाई आयरल्याण्डको औपचारिक भ्रमण गर्न निम्तो आयो तर यो गठबन्धन सरकारले सभामुखलाई पिएबाहेक अरुलाई लैजान पाउँदैन भनेर अपमान गर्यो,’ ओलीले भन्नुभयो, ‘सभामुखजस्तो गरिमामय पदको ख्यालसमेत गरेन्, सम्मान सरकारमा भएकालाई मात्रै चाहिने ? अरूलाइ चाँही अपमान गर्ने, सभामुख पदकाे गरिमाकाे ख्याल गर्नु पर्दैन ।’ 

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमण जाँदा जम्बो टोली लिएर जाने तर सभामुख घिमिरेलाई पिएमात्र लिएर जाउ भनिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । 

ओलीले यसअघि सभामुखहरुको औपचारिक भ्रमणमा कतिसम्म प्रतिनिधिहरुलाई पठाउने गरिन्थ्यो ? त्यो ख्याल नगरी सरकारले मानमर्दन गरेको थप थप आरोप लगाउनुभयो ।
 

टिप्पणीहरू