हाङ्चौको रात्रि जीवनपछि विदेशी पत्रकारले भने ‘चन्द्रमाभन्दा माथि पुगेको अनुभव गरेँ’

हाङ्चौको रात्रि जीवनपछि विदेशी पत्रकारले भने ‘चन्द्रमाभन्दा माथि पुगेको अनुभव गरेँ’
सुन्नुहोस्

चीनको हाङ्चौमा आयोजित १९ औं एसियाली खेलकुद गत आइतबार राति सम्पन्न भएको छ । एसियाका ४५ मुलुक सहमागी खेलकुदको रिपोर्टिङ गर्न विश्वभरका खेलपत्रकारहरुको ठूलै जमघट भएको थियो । 

हरेक दिन प्रतियोगिताको विवरण र समाचार संप्रेषण गरेपछि उनीहरुले हाङ्चौको रात्रि जीवनलाई समेत नजिकबाट नियालेको बताइन्छ । चाइना युन्नानका पत्रकारले विदेशी सञ्चारकर्मीहरुको रात्रि जीवनलाई नजिकबाट नियालेका थिए । 

स्थानीय नहरमा रातको समयमा डुंगामा सयर गर्दै चीनको चच्याङ प्रान्तको राजधानी हाङ्चौको अवलोक गर्ने क्रममा अरुझैँ अष्ट्रेलियाका पत्रकार राफेक मोहम्मद पनि निकै खुशी देखिन्थे । मन्द चीसो शरद ऋतुको रातको समयमा स्वच्छ हावा र रंगीचंगी फूलका वासनाबाट आफू निकै खुशी भएको बताए । 

खाना, घुमघाम र दृश्यलाई समेट्दै आफ्नो रात्रि यात्रालाई एक वाक्यमा वर्णन गर्दै उनले भने, ‘मैले चन्द्रमा भन्दा माथि पुगेको अनुभव गरेको छु । चीनको ऐतिहासिक सन्दर्भ र विकासको गतिलाई आफ्नै आँखाले हेर्न पाउँदा गौरवान्वित भएको छु । अहिलेको सर्वोत्कृष्ट एसियाली खेलकुदको सफल सञ्चालनलेसमेत चीनलाई विश्वकै शक्तिशाली मुलुकमा पुर्याइदिएको छ ।’

टिप्पणीहरू