हाङ्चौ नजिकैको ग्रामीणबस्ती पुगेपछि विदेशी पत्रकारहरु मन्त्रमुग्ध

हाङ्चौ नजिकैको ग्रामीणबस्ती पुगेपछि विदेशी पत्रकारहरु मन्त्रमुग्ध
सुन्नुहोस्

चीनको हाङ्चौमा आयोजित १९ औं एसियाली खेलकुद गत आइतबार राति सम्पन्न भएको छ । खेलकुदको रिपोर्टिङ गर्न विश्वबाट ठूलो संख्यामा खेल पत्रकारहरु त्यहाँ पुगेका थिए । 

निकै विकसित र सम्पन्न हाङ्चौ शहरबाट नजिकैको ग्रामीणबस्ती घुम्न पुगेका पत्रकारहरु त्यहाँको हरियाली, स्वच्छ हावा, नदी तथा ताल र व्यवस्थित गाउँ देखेर छक्क परेका थिए । उनीहरु एक पटक चच्याङ प्रान्तको युहाङ जिल्लामा रहेको छिङशान गाउँको अवलोकन गर्न पुगेपछि त्यहाँको प्राकृतिक सुन्दरता देखेर मोहित भएका हुन् ।

पर्यावरणमैत्री ग्रामीणबस्तीलाई उनीहरुले कलात्मक गाउँको विशेषण भिराइदिएका छन् । सोही कारण पछिल्लो समय ग्रामीण पर्यटनको आकर्षक नमूना बनेको हो । 

पत्रकार जुस्ट अलोइसियस भन्छन्, ‘मैले यस्तो परम्पराले भरिपूर्ण गाउँ अहिलेसम्म देखेको थिइनँ । भवनलगायत सबै पक्ष आकर्षक देखिन्छन् ।’ त्यस्तै अनुभव राफियो मोहम्मद छ । उनको भनाई छ, ‘ओहो निकै स्वच्छ हावा । जताततै हरियाली । पानी पनि त्यस्तै निर्मल र कञ्चन छ ।’

भ्रमणमा गएका पत्रकारहरुमध्ये मोहम्मद मुसफिकर रहमानले ग्रामीण बस्तीको आकर्षक दृश्यले मन्त्रमुग्ध पारेको बताए । प्राकृतिक सुन्दरताको अनुपम नमूना भएको उनको बुझाई छ । राजेश बालाकृष्णनन्को भनाई पनि त्यस्तै छ । उनी भन्छन्, ‘मैले पहिलो पटक यति सुन्दर ग्रामीणबस्ती देखेँ । ग्रामीण जीवन र भोगाईलाई कलाको रुपमा प्रस्तुत गर्न सकिने उदाहरण छिङशानले दिएको छ । यसले पर्यटन विकासमा ठूलो सहयोग पुर्याएको छ ।’

टिप्पणीहरू