हाङ्चौ पुगेपछि पत्रकारहरु मोहित, अवकाशपछि उतै बस्ने इच्छा

हाङ्चौ पुगेपछि पत्रकारहरु मोहित, अवकाशपछि उतै बस्ने इच्छा
सुन्नुहोस्

चीनको हाङ्चौमा आयोजित १९ औं एसियाली खेलकुदमा रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुले प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको बताएका छन् । उनीहरुले उत्कृष्ट खेल आयोजना गरेकोमा चीनलाई धन्यवाद दिएका छन् ।

त्यस्तै मध्येका एक हुन् मोहम्मद यासिर । माल्दिभ्सका उनले हाङ्चौ शहर निकै मनपरेको बताए । चिनियाँहरु एकदमै मिलनसार र सहयोगी सुनाउँदै भने,‘म चीनलाई धेरै मायाँ गर्छु । छिट्टै हाङ्चौको भ्रमण गर्नेछु । यसका लागि चीनलाई धेरै धेरै धन्यवाद ।’

मोजा निसिन ट्यान अवकाशपछि हाङ्चौमा बस्न चाहेको बताउँछिन् । यहाँको वातावरणले मोहित बनाएको उल्लेख गर्दै भन्छिन्,‘यो शहर निकै सुन्दर छ । यहाँको वातावरणले मलाई मन्त्रमुग्ध पार्यो ।’

हाङचौबासीहरु निकै नम्र भएको अनुभव अर्का पत्रकार काइल भिन्सेन्ट सोबेरान्डको पनि छ । उनीहरुको न्यायो स्वागत र आतिथ्यले आफ्नोपनको महशुस गराएको उनले बताए । खेलप्रति चिनियाँ प्रशंसकहरुको लगाव देखेर आश्चर्यचकित बनेको उनले सुनाए ।

भन्छन्, ‘सबै खेलमा प्रशंसकको धेरै चाप थियो । खेलप्रति उहाँहरुको पागलपन तारिफयोग्य थियो ।’ अहमद मोहम्मदले एसियाली खेलकुदमा माल्दिभ्सलाई प्रतिनिधित्व गर्ने अवसर दिएकोमा पनि धन्यवाद दिएका छन् । 

त्यस्तै, इरानको राष्ट्रिय बास्केटबल टोलीका खेलाडी मोहम्मद सहरिनले खेलको अनुभव सुनाए । ‘खेल एकदमै रोचक थियो । धेरै धेरै धन्यवाद ।’

टिप्पणीहरू