हाङ्चौमा थाई पत्रकारले सम्झे बैंकक एसियाड र घरकी सानी छोरी
गत आइतबार रातिदेखि चीनको हाङ्चौमा १९ औं एसियाली खेलकुद औपचारिक रुपमा सम्पन्न भएको छ । खेलकुदको रिपोर्टिङ गर्न विश्वभरबाट ठूलो संख्यामा खेल पत्रकारहरु त्यहाँ पुगेका थिए । सो क्रममा खेलकुदको मुख्य मिडिया सेन्टरमा अघिल्लो एसियाली खेलका टर्चहरु प्रदर्शन गरिएको थियो ।
थाई पत्रकार पैतुन रितिभिरियापोङले आफ्नो मुलुकले आयोजना गरेको चार एसियाली खेलकुदका टर्च त्यहाँ फेला पारे । थाई पीबीएस मिडियाका रिपोर्टर उनले थाइल्याण्डले आयोजना गरेका विगतका प्रतियोगिता सम्झिए ।
थाइल्याण्डले पहिलो पटक सन् १९६६ मा एसियाली खेलकुदको आयोजना गरेको थियो । त्यसपछि बैंककमा नै सन् १९७०, १९७८ र १९९८ मा एसियाली खेलकुदको आयोजना भएको थियो ।
रिपोर्टर रितिभिरियापोङ त्यतिबेलाको खेलबारे खासै थाहा नभएको बताउँछन् । उनी भन्छन्, ‘त्यतिबेला म सानो विद्यार्थी थिए । मसँग खेल हेर्ने समय पनि थिएन । एसियाली खेलकुदमा यो वर्ष म पहिलो पटक सहभागी भएको हुँ । चीनमा यो मेरो पहिलो भ्रमण पनि हो ।’
त्यस्तै, उनले सेप्टेम्बर २१ मा हाङ्चौ पुगेपछि आफ्नी श्रीमती र छोरीको साह्रै याद आएको सुनाए । १० दिनपछि मात्र चिनियाँ वातावरणसँग घुलमिल भएको उनको भनाई छ । ‘मसँग तीन वटा मस्कट छ । कोङकोङ, चेनचेन र लियनलियन, यो देख्नेबित्तिकै मेरी छोरी आश्चर्यचकित हुन्छिन्’, उनले भने ।
टिप्पणीहरू