हाङ्चौ पुगेका ओलम्पिक कमिटीका अधिकारीहरु नदी देखेपछि पुलकित

हाङ्चौ पुगेका ओलम्पिक कमिटीका अधिकारीहरु नदी देखेपछि पुलकित
सुन्नुहोस्

चीनको हाङ्चौमा आयोजित १९ औं एसियाली खेलकुदमा पुगेका ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का प्रतिनिधिहरुले दुई साताको बसाईको क्रममा स्थानीय छियानट्याङ्ग नदीको अवलोकन गरेका छन् । 

नजिकैको हेनिङ शहरको याङगुआनमा रहेको नदी अवलोकन गर्न सयौंको संख्यामा प्रतिनिधि पुगेका थिए । उनीहरुले प्रसिद्ध ज्वारभाटाको आनन्द लिएको बताइन्छ । अधिकांशले भावी दिनमा आफू परिवारसहित त्यहाँ घुम्न जाने बताएका छन् ।

आकर्षक हेनिङ देखेर छक्क परेका शेख अल्तेमेमीले चीनले आफ्नो परम्परागत शैलीलाई सुन्दर तरिकाले विकसित तुल्याएको सुनाए । त्यस्तै, राउल मार्टिन एन्टोनले आफू परिवारसँग त्यहाँ फर्किन आतुर रहेको बताए । 

उनी भन्छन्, ‘म प्रतिक्षा गर्नैै सक्दिनँ, यो अद्भूत छ ।’ कार्ल स्टसले चीनको विकासलाई प्राकृतिक चमत्कार भनेका छन् । 

नदी निकै सुन्दर र रेशमको रेखाजस्तै भएको शेखा अल्टेमेनीको अनुभव छ । उनले परम्परा र संस्कृतिलाई माया र सम्मान गर्नेहरुलाई उक्त नदीको भ्रमण गर्न सिफारिस गरेकी छन् । विश्वका हरेक मुलुकले चीनको विकासको सिको गर्नुपर्ने उनको सुझाव छ । ‘यो आधुनिकता र परम्परागत संस्कृतिको मिश्रण हो । विश्वले यसबाट सिक्नुपर्छ । परम्परालाई मूर्त रुप दिनु नै सबैभन्दा महत्वपूर्ण कुरा हो’, उनले भनिन् ।

टिप्पणीहरू