जसपाले रिक्त समानुपातिक सांसदबारे छलफल गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ ।
जसपाले आगामी सोमबार दिउँसो साढे २ बजे बैठक बोलाइएको जनाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ ।
गत भदौदेखि सञ्चालन गरिएको पार्टी विस्तार र सुदृढीकरणसम्बन्धी तीन महिने अभियानको समीक्षा गर्न बैठक बोलाइएको बताइएको छ । त्यसैगरी मधेस प्रदेश सभामा समानुपातिक सांसद विन्दुकुमारी यादवको निधन भएपछि रिक्त स्थानमा गरिने उम्मेदवार छनोटबारे पनि पर्सिको बैठकमा छलफल हुने बुझिएको छ ।
टिप्पणीहरू