खाँदबारीमा पनि भोलि बिदा

खाँदबारीमा पनि भोलि बिदा
सुन्नुहोस्

संखुवासभाको खाँदबारी नगरपालिकाले भोलि सार्वजनिक बिदा घोषणा गरेको छ । हरिबोधिनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको बताइएको छ । 

वडा नम्बर ९ स्थित आराध्यदेवी माता मनकामना मन्दिर परिसरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरप्रमुख महेश थपलियाले बताए । भोलि नगरपालिका मातहतका इकाइ तथा कार्यालयमा अति आवश्यक सेवा मात्र दिइने जानकारी दिइएको छ । तर अन्य कार्यालय, सार्वजनिक संघसंस्था, विद्यालय बन्द हुने छन् ।

‘आराध्यदेवी मातामनकामना मन्दिर परिसरमा मेला लाग्ने भएको र उक्त मेलामा विविध धार्मिक, सांस्कृतिक, पर्यटकीय गतिविधि भव्यताका साथ सम्पन्न गर्नुपर्ने भएकोले विगतका वर्षहरुमा समेत यस नगरपालिका मातहतका अति आवश्यक सेवाबाहेकका कार्यालयहरुमा सार्वजनिक बिदा दिने गरिएकोमा यस वर्षसमेत उक्त पर्वको अवसरमा मिति २०८० मंसिर ७ गते बिहीबार यस नगरपालिका मातहतका कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको’, आज जारी सूचनामा उल्लेख छ । 

हिन्दू धर्मावलम्बीहरुले हरिबोधिनी एकादशीलाई वर्षका २४ वटामध्ये सबैभन्दा ठूलो एवम् महत्वपूर्ण एकादशी मान्छन् । हिन्दू धर्मावलम्बीहरुले यो दिन धुमधामका साथ भगवान् विष्णुको पूजा आरधना गर्दछन् ।

उता गुल्मीका दुई पालिकामा पनि भोलि बिदा दिइएको छ । रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले बिदा घोषणा गरेका हुन् ।

टिप्पणीहरू