साँझ परेपछि रक्षा र गृह मन्त्रालयमा बैठक, प्रधानसेनापति पनि सहभागी
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । उहाँहरुबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा साँझ ५ बजेदेखि ६ बजेसम्म कुराकानी भएको बताइएको छ ।
आजै साँझ सोही समयमा गृह मन्त्रालयमा पनि सुरक्षा सम्बन्धी बैठक बसेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र शहरी विकासमन्त्री सीता गुरुङ पनि सहभागी हुनुभएको बुझिएको छ ।
बैठकमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका प्रवक्तालगायत एक दर्जन बढीको उपस्थिति थियो ।
टिप्पणीहरू