प्रधानमन्त्री हायातबाट फर्केपछि क्याबिनेट बैठकमा

प्रधानमन्त्री हायातबाट फर्केपछि क्याबिनेट बैठकमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज क्याबिनेट बैठक राख्नुभएको छ । बैठक बिहान ९ बजेपछि सिंहदरबारमा बस्ने भनिए पनि केही बेर ढिलो भएको बताइएको छ ।

बैठक सिंहदरबारको पुरानो भवनमा हिजोदेखि सञ्चालन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ । 

त्यसअघि प्रधानमन्त्री दाहाल बिहान साढे ८ बजे बौद्धस्थित होटल हायात पुग्नुभएको छ । हिजोदेखि शुरु भएको निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय संस्था इफवप्काको ४६ औं सम्मेलनमा भाग लिन उहाँ जानुभएको हो । 

पर्सिसम्म चल्ने सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले हिजो बिहान गर्नुभएको हो । सम्मेलनमा विश्वका १६ वटा मुलुकका २५० भन्दाबढी प्रतिनिधिहरु सहभागी छन् ।
 

टिप्पणीहरू