समातिएका कार्यकर्ताबारे प्रसाईं साँझ बोल्ने
राजसंस्था पुनःस्थापना र बैंकको ऋण मिनाहा अभियानअन्तर्गत काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका मेडिकल व्यावसायी दुर्गा प्रसाईं समूहका झण्डै पाँच दर्जन अगुवा समातिएका छन् ।
काठमाडौैंका तीनकुने, गौशाला, स्वयम्भू, थापाथली, गैह्रीगाउँलगायत क्षेत्रबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रसाईंको सचिवालयले ५० जनाभन्दा बढी पक्राउ परेको र आधिकारिक जानकारी साँझसम्म दिइने जनाएको छ ।
कोटेश्वर तीनकुनेमा प्रदर्शन नगर्न स्थानीय प्रशासनको निर्देशन अवज्ञा गर्दै आन्दोलनमा निस्किएका आन्दोलनकारीलाई प्रहरीले बिहानैदेखि नियन्त्रणमा लिइरहेको छ । जसमध्ये अधिकांश पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थक र पूर्वपञ्चहरुको पार्टी राप्रपाका कार्यकर्ता रहेको बताइएको छ ।
हिजो बल्खुमा भएको आन्दोलनमा प्रदर्शनकारीहरु उत्तेजक बनेपछि प्रशासनले आज उनीहरुमाथि कडाई गरेको जनाइएको छ ।
टिप्पणीहरू