क्रिसमस पार्टीमा फुड पोइजन : एकको मृत्यु, दुई दर्जन बिरामी
लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु र २५ जना बिरामी भएका छन् । फुड पोइजनका कारण सुन्दरबजार नपा–९ की ३२ वर्षीय देवी परियारको मृत्यु भएको बताइएको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सुन्दरबजार ८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्ष्यमा आयोजित भोजमा सहभागीहरुको बिरामी परेका हुन् । परियारको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
अस्ति बेलुकी भोज खाएकाहरु रातिदेखि बिरामी पर्न थालेका थिए । ४० जनाभन्दा बढी सहभागी उक्त भोजपछि बिरामी परेका सबैमा झाडापखाला लागेको बताइन्छ ।
टिप्पणीहरू