मेला उद्धघाटन गरेर राष्ट्रपति शीतल निवास फिर्ता
नेपाल हस्तकला महासंघले दरबारमार्गस्थित होटल अन्नपुर्णमा आयोजना गरेको व्यापार मेलाको उद्दघाटन गरेर राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास फर्कनुभएको छ ।
हस्तकलाका सामाग्रीहरुको बजार प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजना गरिएको २० औँ हस्तकला मेला तथा १८ औँ हस्तकला प्रतियोगिता उद्धघाटन गर्न उहाँ बिहान साढे ११ बजे त्यता जानुभएको थियो । उद्धघाटन सकेर राष्ट्रपति पौडेल साढे १२ बजे शीतल निवास पुग्नुभएको हो ।
उद्धघाटन समारोहमा महासंघका अध्यक्ष प्रचण्ड शाक्य, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रदेशका उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ललगायत उपस्थिति थिए ।
हस्तकलाको अन्तर्राष्ट्रिय बजारको माग र अवस्थाका बारेमा उद्यमी, व्यवसायीहरूमा जानकारी प्रदान गर्न मेला आयोजना गरिएको आयोजकले बताएको छ ।
टिप्पणीहरू