‘नेपालको शिक्षा प्रणाली भूमण्डलीकरणको बहुआयामिक दबावमा’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शिक्षा प्रणाली भूमण्डलीकरणको बहुआयमिक दबावमा परेको बताउनुभएको छ ।
महोत्तरीको जनता माध्यमिक विद्यालय, गौरीडाँडाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दबावमा रहेकाले त्यसलाई छिचोल्ने शिक्षा प्रणाली आवश्यक रहेको धारणा राख्नुभएको हो ।
आधारभूत तहदेखि नै पाड्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन गरिनुपर्ने पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । ’एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दबावमा पर्दै आएका छन्’, समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ ।’
त्यसक्रममा प्रधानमन्त्रीले शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोणसँगै आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा पनि जोड दिनुभयो ।
टिप्पणीहरू