पानीपुरी बनाउन ठिक्क पारिएको मैदा र ६ तोला सुन खरानी, पचासौं लाखको क्षति

पानीपुरी बनाउन ठिक्क पारिएको मैदा र ६ तोला सुन खरानी, पचासौं लाखको क्षति
सुन्नुहोस्

आज बिहान टोखा नगरपालिकाको बानियाँटारमा लागेको आगोमा मानवीय क्षति नभए पनि अन्य क्षति भएको छ । बिहान ५ बजे लागेको आगोका कारण तरकारी बजारमा रहेको पानीपुरी बनाउन ठाउँमा राखिएको २५ बोरा मैदा, ६ तोला सुन र नजिकैको डसना गोदाम खरानी भएको छ ।

ग्यास पड्केर भएको आगलागीमा जलालु डिनको सिरक डसना गोदामको मात्रै ५ लाख रुपैयाँ क्षति भएको बताइएको छ । लक्ष्मण साहको पानीपुरी बनाउने कोठामा भएको आगो अन्यत्र सल्केको हो । मैदा र सुन साहको भएको बुझिएको छ ।

त्यस्तै बिहारी पाण्डेको सिजी गोदाम, कुमार निरौलाको किताब पसलमा पनि निकै क्षति पुगेको छ । अजय जैसवालको किराना पसलको गोदाम पनि खरानी भएको बताइन्छ । 

आगो काठमाडौं महानगरका दुईवटा दमकल, पाँचवटा ट्यांकर, बसपार्क प्रहरी र स्थानीयको सहयोगमा तीन घण्टापछि नियन्त्रणमा लिइएको हो ।

टिप्पणीहरू