मन्त्री ज्वालालाई ओरालेर गाडीमा आगजनी, बालकुमारी क्षेत्र तनावग्रस्त

मन्त्री ज्वालालाई ओरालेर गाडीमा आगजनी, बालकुमारी क्षेत्र तनावग्रस्त
सुन्नुहोस्

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूको एक समूहले ललितपुरको बालकुमारीमा भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री  प्रकाश ज्वालाको गाडीमा आगो लगाएका छन् । 
 

बालकुमारीस्थित सडकखण्डमा आन्दोलित उनीहरूले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । प्रदर्शनकारीले मन्त्री र सँगै रहेका सुरक्षाकर्मीलाई गाडीबाट ओरालेर आगो लगाएको प्रहरीले बताएको छ । 

आगजनीबाट गाडी जलेर ध्वस्त भएको छ । मन्त्री ज्वाला र संगै रहेका सुरक्षाकर्मी भने सुरक्षित रहेको बताइएको छ ।

ईपीएस कोरियन भाषा परीक्षाअन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरुले पुन: आवेदन दिन नपाएपछि आन्दोलन चर्काएका हुन् ।उनीहरुले अहिले  ग्वार्कोस्थित ईपीएसको शाखाअगाडि प्रदर्शन गरिरहेका छन् । जसका कारण सो क्षेत्र तनावग्रस्त छ ।

टिप्पणीहरू