रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता

रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता तस्वीर: अल-नासर
सुन्नुहोस्

चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता बनेका छन् । ५४ गोलसहित रोनाल्डो वर्षकै बढी गोल गर्ने खेलाडी बनेका हुन् । 

साउदी प्रो लिगमा शनिबार अल-तावुनविरुद्ध ४-१ को जितमा इन्ज्युरी समयका गोल गर्दै क्रिस्टियानोले ५४ गोल पुर्याएका थिए । यसवर्ष बायर्न म्युनिखका ह्यारी केन र पिएसजीका किलियन एम्बाप्पेले समान ५२ गोल गरेका छन् । त्यस्तै म्यानचेस्टर सिटीका एर्लिङ हालान्डको नाममा ५० गोल छ ।

रोनाल्डो सन् २०११, २०१३, २०१४ र २०१५ मा पनि वर्षको सर्वाधिक गोलकर्ता घोषित भएका थिए ।

प्रशिक्षक एरिक टेन हाग युनाइटेड भित्रिएपछि क्रिस्टियानोले सुरुवाती रोजाइमा आफ्नो स्थान गुमाएका थिए । त्यसपछि उनी साउदी प्रो लिग टोली अल-नासरसँग आवद्ध भए ।

टिप्पणीहरू