भारतीय विदेशमन्त्रीलाई कालो झण्डा देखाउने वैद्य माओवादीको तयारी
भारतीय विदेशमन्त्री भोलि बिहान काठमाडौं आउँदै छन् । नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन भारतीय टोलीको नेतृत्व गर्दै विदेशमन्त्री एस. जयशंकर नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका हुन् ।
भारतीय वायुसेनाको विमानमा भोलि आएर पर्सि दिउँसो फर्किने उनलाई मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी निकट युवा मोर्चा र विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले कालो झण्डा देखाएर विरोध गर्ने बताइएको छ । एस जयशंकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा गोल्डेन गेट नजिकै कालोझण्डा देखाउने विद्यार्थी नेताहरुले जानकारी दिएका छन् ।
टिप्पणीहरू