रात छिप्पिनासाथ गृहमन्त्री सुटुक्क बालकोटतिर
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । श्रेष्ठ अध्यक्ष ओलीसँग छलफल गर्न हिजाे साँझ सवा ८ बजे उहाँको निवास बालकोट भक्तपुर जानुभएको हो ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता घटक दलहरुको बैठक बसेको थियो । राष्ट्रिय सभाको आगामी निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन दलहरुको संयुक्त बैठक बसेको र बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत झण्डै एक दर्जन नेताहरुको उपस्थिति थियो ।
टिप्पणीहरू