प्रधानमन्त्री गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न सेनाको हेलिकोप्टरमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा रामेछाप जानुभएको छ । उहाँ डेढ दर्जन सदस्य रहेको टोलीका साथ रामेछापको सुनपाति गाउँपालिका पुग्नुभएको छ ।
प्रधानमन्त्रीले सुनपाति गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको टोलीमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, प्रधानमन्त्री पुत्री गंगा दाहाललगायत छन् ।
प्राप्त विवरणमा काठमाडौंबाट प्रधानमन्त्री दाहालसँगै रामेछाप गएकामा युवराज चौलागाईं, टंकलाल घिसिङ, मनहरि तिमिल्सिना, शिव खकुरेल, प्रदीपराज वन्त र नवराज दाहाल छन् ।
त्यसैगरी सुरक्षाकर्मीहरुमा लेफिट्नेन्ट कर्नेल निरज भण्डारी, मेजर प्रशान्त थापा, डिएसपी हेमन्त कार्की, राष्ट्रिय अनुसन्धान विभागका एसपी हेमन्त कार्की, इन्सपेक्टर मनोज थापालगायत डोलेन्द्र घिमिरे, विनोद बोहोरा र घनश्याम श्रेष्ठ रहेको बताइएको छ ।
टिप्पणीहरू