संसद बैठकमा बितण्डा मच्चाउने एमाले पूर्वसांसद भन्छिन्-राजा आऊ,देश बचाऊ

संसद बैठकमा बितण्डा मच्चाउने एमाले पूर्वसांसद भन्छिन्-राजा आऊ,देश बचाऊ
सुन्नुहोस्

नेकपा एमालेकी पूर्वसांसद तथा दाङकी नेतृ गंगा चौधरी सत्गौवा राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएकी छन् । 

तत्कालीन सभामुख अग्निप्रसाद सापकोटालाई आक्रमण गर्न सांसदहरुको काँधमा चढेर संसद बैठकमा बितण्डा मच्चाएपछि चर्चा र विवादमा परेकी उनी आज भैरहवामा आयोजित पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रममा पुगेर राजावादी बनेकी हुन् । कार्यक्रममा पूर्वराजाको चर्को प्रशंसा गरेकी उनले  राजसंस्थाले बाहेक अरुले देश बचाउन नसक्ने दावी गरिन् । 

पूर्वराजालाई 'मौसुफ सरकार' भन्दै शाही भाषामा भाषण ठोकेकी उनले मन्चबाटै 'हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ', 'राजा आऊ देश बचाऊ' जस्ता नारासमेत लगाइन् । त्यसक्रममा उनले राजनीतिक दलका नेताहरु भ्रष्ट भएकाले अब राजाले देशको नेतृत्व लिनुको विकल्प नरहेको बताइन् ।  

चौधरी गत चुनावमा एमालेका आधिकारिक उम्मेदवार शान्ता चौधरीविरुद्ध दाङ १ मा बागी उठेर पराजित भएकी थिइन् । त्यसपछि एमालेले उनलाई कारवाही गरेको थियो । एमालेलाई सराप्दै बागी उठेकी उनले गत वर्षको चैततिर बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग फोटो खिचाएकी थिइन् ।

टिप्पणीहरू