स्वदेश प्रस्थान गर्नुअघि भारतीय विदेशमन्त्री लैनचौरमा

स्वदेश प्रस्थान गर्नुअघि भारतीय विदेशमन्त्री लैनचौरमा
सुन्नुहोस्

भारतीय विदेशमन्त्री एस जयशंकर लैनचौरस्थित भारतीय दूतावास पुगेका छन् । उनी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय उद्घाटन गरेपछि लैनचौर गएका हुन् । 

त्यसअघि विदेशमन्त्री जयशंकरले बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको विरुवा रोपेका छन् । पशुपतिनाथको पूजाअर्चना गरेपछि बिहान त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको उद्घाटन गर्न गएका हुन् । 

उनी आज स्वदेश फर्कंदै छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन हिजो बिहान काठमाडौं आएका उनको मध्यान्ह भारतीय वायुसेनाको विमानमा फर्कने भ्रमण तालिका छ ।

टिप्पणीहरू