नेपाल भ्रमणपछि चिनियाँ प्रतिनिधिमण्डल क्वालालम्पुर प्रस्थान
चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमण पूरा गरेर मलेसिया गएको छ । युन्नान प्रान्तीय कमिटीको स्थायी समिति उपसचिव सी युगाङ नेतृत्वको टोली बिहीबार अपरान्ह खुनमिङ हुँदै काठमाडौं आएको थियो ।
क्वालालम्पुर जानुअघि प्रतिनिधिमण्डलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग उहाँको कार्यालय, लैनचौरमा शिष्टाचार भेट गरेको थियो ।
त्यसअघि पाहुना टोली भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमणमा गएको थियो । टोलीमा चाङ शिजिन, वाङ वेइ, डुआन् शाओरेन, चेन सुयुन र लि सिहाईसहितको पाँच सदस्य थिए ।
चिनियाँ उच्चस्तरीय टोलीले त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग भेट गरेको थियो । पर्यटनमन्त्री सुदन किराँतीसँग भेटवार्ताको लागि चिनियाँ पाहुना टोली हिजो बिहान साढे १० बजे सिंहदरबारस्थित पर्यटन मन्त्रालय पुगेको हो ।
टिप्पणीहरू