एकीकृत समाजवादीका उम्मेदवार घनश्याम र सावित्री
नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभामा दुई उम्मेदवार चयन गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले उम्मेदवार तय गरेको हो ।
दुई सिट पाएको एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उठाउने तय भएको छ । एकीकृत समाजवादीले राष्ट्रिय सभामा तीन सिट दाबी गरेको थियो । तर हिजो गठबन्धन बैठकले दुई सिट मात्रै दिने निर्णय गरेको हो ।
अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई उम्मेदवार छनौट गर्ने जिम्मा दिइएको थियो ।
टिप्पणीहरू