कृष्णप्रसाद सिटौलाद्वारा उम्मेदवारी दर्ता
राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।प्रदेशको राजधानी विराटनगर पुगेर उनले मनोनयन दर्ता गरेका हुन् । सिटौलाको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।
सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका उनी गत निर्वाचनमा प्रतिनिधिसभातर्फ पराजित भएका थिए । उनलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने तयारीका साथ गठबन्धनले उम्मेदवार बनाएको चर्चा छ ।
गठबन्धनमा भएको भागबण्डा अनुसार कोशी प्रदेशबाट रिक्त हुने दुई सिटमध्ये महिला कोटा भने माओवादीले पाएको छ । माओवादीबाट ओखलढुंगाकी चम्पा कार्कीले उम्मेदवारी दिएकी छन् ।
यहाँ एमालेले रुक्मिणी चौधरी र परशुराम अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपाले भने महिला कोटा खालि राखेर अन्यमा उद्धव पौडेललाई अघि सारेको छ ।
टिप्पणीहरू